काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।
बैकल्पिक सत्ता गठबन्धनका लागि प्रयास गरिरहेको कांग्रेसले संसदीय दलको बैठक बिहान ९ बजे बस्ने गरी बोलाएको हो ।
बैठकमा समसमायिक राजनीति तथा आज हुने संसदको बैठकमा पार्टीको प्रस्तुतिका बारेमा छलफल गर्ने बुझिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको मंगलबार बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो ।



