शुक्रबार, श्रावण २९ गते २०८३
images
images

दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरे : कांग्रेस

एक्सप्रेस पाना
फाल्गुण २४, २०८० बिहीबार
  • 211
    SHARES
  • दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरे : कांग्रेस

    काठमाडौं । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन तोडेर राजनीतिक बेइमानी गरेको बताएको छ ।

    images

    बिहीबार संसदीय दलको बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले माओवादी अध्यक्षसमेत रहेका दाहालले अविश्वसनीय तरिकाले गठबन्धन भत्काएको बताएका हुन् ।

    आजको बैठकले दाहाललाई दिएको समर्थन फिर्ता लिएको सभामुखलाई जानकारी दिने निर्णय गरेको लेखकले बताए ।

    images


    उनले भने, "गठबन्धन बन्दाका सम्पूर्ण सहमतिहरूलाई हामीले इमान्दारितापूर्वक र प्रतिबद्धतापूर्वक पालना गरिरहेका थियौँ । गठबन्धनको संस्कार, संस्कृति मूल्य र मान्यताअनुरुप नै अघि बढिरहेका थियौँ । तर प्रचण्डले अविश्वसनीय तरिकाले गठबन्धन भत्काउने काम गर्नुभयो । त्यो राजनीतिक बेइमानी हो ।"

    प्रमुख सचेतक लेखकले कांग्रेस संसद्को ठूलो पार्टी भएकाले विभिन्न राजनीतिक दलहरूसँग छलफल गर्नु सामान्य  भएको बताए । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस