आइतबार, भाद्र २८ गते २०८३
images

टी–२० सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 309
    SHARES
  • टी–२० सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ

    काठमाडौं । नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेल खेल्दै छ ।

    images

    नेपाल, हङकङ  र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् । यो खेल नेपाल इस्मय अनुसार बिहान ११ः १५ बजेदेखि शुरु हुदै छ ।

    यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ ।

    images

    नेपाली टिममा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा  रहेका छन् ।  

    यस त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेल मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने सोहि दिन दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

    मार्च १३ मा त्रिकोणात्मक टी–२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी–२० सिरिज