काठमाडौं । नायक प्रदीप खड्का नयाँ चलचित्र ‘पूजार सार्की’मा उनी दलित युवकको भूमिकामा प्रस्तुत हुँदैछन् ।
बर्षमा एक , दुइ वटा चलचित्रमा मात्र देखि गदै आएका उनि पछिल्लो समय भने निकै व्यस्ततामा छन् ।
प्रदीपको जन्मदिनको अवसर पारेर आइतबार चलचित्रका निर्देशक दिनेश राउतले फेसबुकमार्फत् उनको ‘क्यारेक्टर लुक्स’ सार्वजनिक गरेका छन् । उनले दुईवटा तस्वीर सार्वजानिक गरेका छन् भने लामो कपालमा कालो टोपी र कालै स्टकोट लगाएका प्रदीपको लुक्सले चलचित्रप्रति दर्शकको कौतुहलता बढाउन सक्नेछ ।
छायांकन सुरु हुनुभन्दा अगाडि निर्माण टिमले सार्वजनिक गरेको ‘फर्स्टलुक’ पोस्टरमा उनको चरित्रचित्रण पनि रोचक देखिएको थियो । फिल्मलाई आगामी वर्षको जेठ पहिलो साता प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ । संगीतकार सुवास भुसालको निर्माण रहेको चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने राजेश श्रेष्ठले चलचित्रको छायांकन गरिरहेका छन् ।
निर्देशक राउतलेचलचित्रमा प्रदीप ‘मैत बहादुर’को भूमिकामा रहेको पनि खुलाएका छन् । अभिनेता आर्यन सिग्देल भने पूजारीको भूमिकामा देखिँदैछन् । अर्का अभिनेता पल शाहको भूमिकाको बारेमा भने कुनै जानकारी गराइएको छैन । यी तीन स्टारले पहिलोपटक एकसाथ काम गरेकाले पनि ‘पूजार सार्की’ चर्चामा छ ।


