शुक्रबार, श्रावण २९ गते २०८३
images
images

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप जारी

एक्सप्रेस पाना
फाल्गुण २८, २०८० सोमबार
  • 250
    SHARES
  • प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप  जारी

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।

    images


    कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेका हुन् ।

    कांग्रेसले आफ्ना सांसदहरूलाई फागुन ३० को संसद बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

    images

    सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।

    कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस