काठमाडौं । तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड टी–१० कप टी–१० क्रिकेट प्रतियोगिताको उपाधि २०१४ विश्वकप लिजेन्ड्सले जितेको छ ।
फाइनलमा रेस्ट अफ नेपाललाई १७ रनले पराजित गर्दै २०१४ टोलीले उपाधि उचालेको हो । २०१४ टोली नेपालका पुर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदानमा उत्रिएको थियो ।
नवनिर्मित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा २०१४ टोलीले दिएको १०२ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपाल टोली १० ओभरमा ९ विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो ।
प्रतियोगितामा नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गर्दाको सहभागी खेलाडीको टोली लिजेन्ड्स ९६, विश्वकप २०१४ मा सहभागी टोली, रेस्ट अफ नेपाल तथा रुपन्देही लिजेन्ड्स टोली सहभागी रहेका थिए ।


