काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ ।
हङकङमा भइरहेको टस हारेर ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १९८ रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ३९ बलमा चार-चार छक्का र चौकाको मद्दतमा ५९ रन बनाए र आउट भए भने सन्दी जोराले २६ बलमै चार छक्का र तीन चौका मद्दतमा ५६ रन बनाए ।
विनोद भण्डारीले २७, विवेक यादव १९, लोकेश बम १४, गुलसन झाले १५ रन बनाए। कप्तान रोहित कुमार पौडेल १ रनमा आउट हुँदा आरिफ शेखले ४ रन बनाए ।
आजको खेल जितेमा नेपाल फाइनल प्रवेश गर्नेछ । आज हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन् । फाइनल बुधबार हुनेछ ।


