काठमाडौं । नेपाली कांग्रेसको आज पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्दैछ ।
प्रतिपक्षमा पुगेपछि पार्टीले संसदमा खेल्नु पर्ने भूमिकाको बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।
देउवाले दिउँसो ३ बजे आफ्नै निवास, बुढानिलकण्ठमा बैठक बोलाएका छन् ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्न पार्टीका पदाधिकारी र पूर्व पदाधिकारी मात्रै उपस्थित रहनेजानकारी गराइएको छ ।



