शुक्रबार, श्रावण २९ गते २०८३
images
images

गृहमन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 214
    SHARES
  • गृहमन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति

    काठमाडौं । गृहमन्त्रालय र स्वर्गीय आरती साहका परिवारबीच पाँच बुँदे सहमति भएको छ ।

    images

    घटनाको सत्यतथ्य छानबिन र दोषीउपर कारबाहीको माग राखी २०८० असार १ गतेदेखि आन्दोलनमा रहेका धनुषा जनकपुर उपमहानगरपालिका–९ थापाचोकका २२ का स्वर्गीय आरती साहका परिवार र गृह मन्त्रालयबीच मंगलबार सहमति भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले  जानकारी दिए । 

    सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम अदालतमा पेस गर्नेगरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने तथा अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी घटनाको विषयमा अध्ययन गर्ने उल्लेख छ ।

    images

    यस्तै अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम पुनः अभियोजनसमेत गर्ने,  आरती साहका परिवारलाई राहतस्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने तथा साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरू मंगलबारदेखि फिर्ता लिने सहमति भएको हो । 

  • सम्बन्धित विषय:

  • # गृहमन्त्रालय