शुक्रबार, श्रावण २९ गते २०८३
images
images

सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको छ:राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
फाल्गुण ३०, २०८० बुधबार
  • 210
    SHARES
  • सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको छ:राष्ट्रपति  पौडेल

    काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दर प्रकृति र वैभवशाली संस्कृतिले नेपाल विश्वमा आकर्षणको केन्द्र बनेको बताएका छन् ।

    images

    बुधबार ललितपुरको बालकुमारीस्थित पुनर्निर्मित बालकुमारी मन्दिरको समुद्घाटन समारोहमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । 

    राष्ट्रपति पौडेलले काठमाडौँ, ललितपुर र भक्तपुरका महत्त्वपूर्ण ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण गरी जीवन्त राख्न गरेको प्रयास र यसले पर्यटन प्रवर्द्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए ।

    images

    राष्ट्रपति पौडेलले भने,'काठमाडौँ उपत्यका कला र बहुसंस्कृतिको वैभवशाली सहर हो । ललितपुर महानगरले धेरै सम्पदा पुनर्निर्माण गरेर ताजगीपन दिन गरेको योगदान सराहनीय छ । देशभरका स्थानीय तहमध्ये यो महानगर उदाहरणीय पालिका बन्न सफल भएको छ । यहाँको अनुशरण अरु स्थानीय तहले गर्ने हो भने देश समृद्ध बन्नेमा विश्वस्त हुन सकिन्छ’, ।

    उनले पर्यटनको विकासका लागि हाम्रो कला र संस्कृति विश्वमा आकर्षणको केन्द्र बनेकाले यिनको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल