शुक्रबार, श्रावण २९ गते २०८३
images
images

बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउनु पर्ने :सांसद वाग्ले

एक्सप्रेस पाना
चैत्र १, २०८० बिहीबार
  • 270
    SHARES
  • बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउनु पर्ने :सांसद  वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति सांसद एवमं डा.स्वर्णिम वाग्ले बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउनु पर्ने बताएका छन् । 

    images

    बिहीवार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा गदै उपसभापति वाग्लले यस्तो बताएका हुन् ।

    डा.वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको बताउदै उनले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताए । उनले राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए ।

    images

    उनले निः वर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रूपमा प्रस्तुत भएको बताए । उनले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भिर हुन आवश्यक रहेको बताए ।

    उनले आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राखे । 

    सांसद वाग्लेले भने, ‘चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय छ । १७ खर्ब ५१ अर्बको बजेटलाई अर्धवार्षिक समिक्षामा २ खर्ब घटाएर १५ खर्ब ३० करोडमा ल्याउनु भयो । खर्च हेर्दा ८ खर्ब खर्च गरेका छौँ । चालु खर्च ५ खर्ब ८२ अर्ब र पुँजीगत खर्च ८१ अर्ब छ । वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब जति छ । राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ छ । हिजोसम्मको ग्याप नै १ खर्ब ६० अर्बको छ । अर्थतन्त्र भयावह छ । कुनै हालतमा सफल हुँदैन भन्दा सकिन्छ गर्छु भन्नु भएको थियो । असफल बजेटको सर्जक निर्वमान अर्थमन्त्री हुनुहुन्न । उहाँलाई उत्तरदायी बनाउन सकिएन । गत वर्ष भनेका कुराहरू सत्य सावित भएका छन् । सरकारको सार्वजनिक वित्तको अवस्था अत्यन्तै खराब छ । आगामी वर्षको बजेट निर्माण गर्दा पनि यथार्थ धरातललाई हेरेर निर्मम हुन उत्प्रेरित गर्छ । अहिले रहेको सार्वजनिक वित्तको संकटलाई हेरेर सरकार गम्भिर हुनुपर्छ । विकासको भिजन र गन्तव्य तय हुनुपर्छ । अर्थतन्त्रका संरचनामा आएका हलचलहरुलाई स्वीकार गरौँ ।

  • सम्बन्धित विषय:

  • # डा.स्वर्णिम वाग्ले