शुक्रबार, आश्विन २३ गते २०८३
images

कांग्रेसको पुन:अवरोधपछि संसद् बैठक आइतबारसम्म लाई स्थगित

एक्सप्रेस पाना
चैत्र २, २०८० शुक्रबार
  • 267
    SHARES
  • कांग्रेसको पुन:अवरोधपछि संसद् बैठक आइतबारसम्म लाई स्थगित

    काठमाडौं । विवादमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधि सभामाको बैठक अवरोध गरेको छ।

    images

    शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै प्रतिपक्षीले संसदको वेल घेराउ गरेका हुन् ।

    सांसदहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् ।

    images

    काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्ने सभामुख घिमिरेले जानकारी गराए । 

  • सम्बन्धित विषय:

  • # संसद्