काठमाडौं । आउदो शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा नेपाली चलचित्र ‘महाजात्रा’ को सेन्सर पास भएको छ ।
केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई यूनिभर्सल अर्थात ‘यू’ प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो ।
प्रदीप भट्टराईको लेखक तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ले मनोरञ्जनसँगै सन्देश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको बताइएको छ ।
चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको चलचित्रका जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार रहेका छन् ।
रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको चलचित्रमा अभिनेता हरिवंश आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् ।


