शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ईश्वर’को तोकियो प्रदर्शन मिति

एक्सप्रेस पाना
चैत्र १६, २०८० शुक्रबार
  • 353
    SHARES
  • चलचित्र ‘ईश्वर’को तोकियो प्रदर्शन मिति

    काठमाडौं । नेपाली चलचित्र ‘इश्वर’को पोस्टरसहित प्रदर्शन मिति तोकिएको छ । 

    images

    चलचित्र आगामी वर्षको मंसिर १४ गते प्रदर्शनमा आउने भएको हो । 

    राजु गिरीको निर्देशन रहेको चलचित्रमा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ।

    images

    लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको चलचित्रको फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन्।

    दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्माता हरिबहादुर थापा र शंकर गिरी हुन्।  

    रामेश्वर हुँमागाईको खिँचेको फिल्मको सम्पुर्ण छायाङ्कन पोखरा र हेम्जाकोट मा गरिएको हो। चलचित्रको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ।