शुक्रबार, श्रावण २९ गते २०८३
images
images

भ्रष्टचारी र अपराधीलाई कर्णाली पठाएर कर्णालीलाई डम्पिङ साइट बनाएको हो : ज्ञानेन्द्र शाही

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 352
    SHARES
  • भ्रष्टचारी र अपराधीलाई कर्णाली पठाएर कर्णालीलाई डम्पिङ साइट बनाएको हो : ज्ञानेन्द्र शाही

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले भ्रष्टचारी र अपराधीलाई कारबाही गर्ने नाममा दुर्गमका जिल्लामा जथाभावी कर्मचारीलाई सरुवा गरिएकोप्रति आपत्ति जनाएका छन् ।

    images

    आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत रहेका सांसद शाहीले बाँसबारी जग्गा प्रकरणमा मुछिएका उद्योगी अरुण चौधरीलाई हाजिरी जमानीमा छाड्ने न्यायाधीशलाई मुगु सरुवा गरेकोप्रति आपत्ति जनाएका हुन्। 

    उनले भने, "बाँसबारी जग्गा प्रकरणमा मुछिएका व्यापारी अरुण चौधरीलाई हाजिरी जमानीमा छाडेबापत काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा भए । यहाँ कर्मचारी अपराधि, भ्रष्टाचारी भए भने के कर्णालीमा पठाउनुपर्छ’ । ‘काठमाडौंका भ्रष्टचारी र अपराधीलाई कर्णाली पठाएर कर्णालीलाई डम्पिङ साइट बनाएको हो ’ । यदि डम्पिङ साइट बनाउने हो भने नेपालबाट अलग बनाउने हिम्मत राख्नुस्"।

    images

    सांसद शाहीले आगामी वर्षको बजेटमा कर्णाली प्रदेशलाई कम्तिमा पनि २ अर्ब बजेट छुट्याउनुपर्ने बताए ।  

     

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र शाही