शुक्रबार, भाद्र २६ गते २०८३
images

‘मीराः स्याडो अफ अ रेन्बो’ को पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 253
    SHARES
  • ‘मीराः स्याडो अफ अ रेन्बो’ को पोस्टर सार्वजनिक

    काठमाडौं । नयाँ नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ का दुई पोस्टर सार्वजनिक गरिएको छ ।

    images

    चलचित्रमा एक जना बच्चामा देखिएको अटिजम (अस्वाभाविक सजग मानसिक स्थिति) तथा आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथालाई समेटिएको बताइएको छ । 

    चलचित्रमा अटिजम भएको बच्चाको समस्यासँगै प्राकृतिक रूपमा पुरुष र महिला दुबैमा आकर्षित हुने महिलाको कथा रहेको छ । 

    images

    अनेकौँ आकांक्षाबीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने लेखक, निर्देशक तथा प्रमुख अभिनेत्री अनिता पण्डितले बताइन् ।

    उनले भनिन्, "नेपाली चलचित्र उद्योगमा एक प्रकारको जोससहित चलचित्रबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दाहरूको वकालत गर्ने मेरो उद्देश्य छ", ।

    केही दिनमा चलचित्रको ट्रेलर रिलिज गर्ने र केही लक्षित दर्शकहरूलाई विशेष प्रीमियर शोको आयोजना गर्ने तयारीमा रहेको उनले बताइन् । हल रिलिजको लागि पनि आफ्नो चलचित्र तयार रहेको बताउँदै अनिताले उपयुक्त मिति हेरी रिलिज गर्ने बताइन् ।

    यो फिल्ममा अनिताको साथमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल, रोशनी कार्की तथा बाल कलाकार आश्वि घिमिरेको प्रमुख अभिनय रहेको छ । आश्वि फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण गरिएको हो ।