शुक्रबार, भाद्र २६ गते २०८३
images

बसन्त निरौलाको ‘ज्वाइँ साब’मा अभिनेता जितु नेपाल मुख्य भूमिकामा

एक्सप्रेस पाना
चैत्र २०, २०८० मंगलबार
  • 263
    SHARES
  • बसन्त निरौलाको ‘ज्वाइँ साब’मा अभिनेता जितु नेपाल मुख्य भूमिकामा

    काठमाडौं ।  निर्देशक बसन्त निरौलाको आगामी नेपाली चलचित्र ‘ज्वाइँ साब’मा अभिनेता जितु नेपाल मुख्य भूमिकामा अनुबन्ध भएका छन् ।

    images

    चलचित्रमा उनले ज्वाइँको भूमिकामा अभिनय गर्ने जनाइएको छ । अर्थात् फिल्म नै उनीमाथि केन्द्रित हुनेछ । राज कुमार पण्डितको निर्माण रहने फिल्मले सामाजिक विषयवस्तुलाई कमेडी शैलीमा भन्ने निर्देशक निरौलाले बताएका छन् ।

    रेड आई फिल्मसले ओएसआर डिजिटल र मौसम फिल्मससँग सहकार्य गरेर निर्माण गर्न लागेको चलचित्रलाई आगामी वर्ष (२०८१)को तिहारमा प्रदर्शन गरिनेछ ।

    images

    चलचित्रको निर्माताहरुमा मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङ छन् भने विजय बस्याल कार्यकारी निर्माता हुन् । सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद लेखन रहेको फिल्मको आगामी बैशाख १५ गतेबाट छायांकन सुरु गर्ने तयारी भइरहेको छ ।

    निर्देशक निरौलाले यसअघि आफूले निर्देशन गरेका चलचित्रभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने दाबी गरेका छन् ।