काठमाडौं । अभिनेता दयाहाङ राई तथा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘डिग्री माइला’को गीत किन सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, कम्पोज तथा स्वर छ । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोँकलाई प्रस्तुत गरिएको ।
रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइला’ ले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ ।
चलचित्रमा आँचल शर्मा दयाहाङको जोडी बनेकी छिन् । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ ।
बाँसुरी फिल्म्सले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर सिनेमाको निर्माण गरेको हो । चलचित्रमा दयाहाङ र आँचलका साथमा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय गर्नेछ । चलचित्रले ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ ।
चलचित्र आगामी चैत ३० गतेदेखि नेपाली नयाँ वर्षको अवसर पारेर रिलिज हुनेछ । चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । चलचित्रलाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।


