शुक्रबार, भाद्र २६ गते २०८३
images

अमेरिकाको लागी ‘डिग्री माइला’को अग्रीम टिकट बुकिङ खुल्ला

एक्सप्रेस पाना
चैत्र २५, २०८० आइतबार
  • 335
    SHARES
  • अमेरिकाको लागी ‘डिग्री माइला’को अग्रीम टिकट बुकिङ खुल्ला

    काठमाडौं । रामबाबु गुरुङको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘डिग्री माइला’ चैत ३० गतेदेखि प्रदर्शनमा आउँदैछ । यो चलचित्र ११ अप्रिलदेखि अमेरिकाको विभिन्न ठाँउमासमेत प्रदर्शन हुँदैछ ।

    images

    चलचित्रको डायस्पोरा रिलिज अधिकार खरिद गरेको कम्पनि सेभेन सिज इन्टरटेनमेन्टले आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै अमेरिकामा अग्रीम टिकट बुकिङ खुल्ला गरिएको जानकारी दिएको छ ।

    चलचित्रको ११ अप्रिलमा अभिनेता बुद्धि तामाङको उपस्थितिमा नेपालीहरुको बाक्लो बसोबास रहेको लेकवुडको स्टार सिनेमा घरमा प्रिमियर शोको समेत आयोजना गरिँदैछ ।

    images

    अप्रिल १२ देखि भने चलचित्र अमेरिकाको लस एञ्जलस, डलास, ओहायो, पेन्सिलनेनिया र न्युयोर्क राज्यका १० बढि सहर तथा १९ अप्रिलबाट अमेरिकाकै सान फ्रान्सिस्को २० बढि शहरका सिने लाउन्ज, रिचमण्ड सिनेमार्कमा प्रदर्शन हुनेछ भने अप्रिल २६ देखि डेनभर कोलोराडो, एरिजोनामा रिलिज गर्ने तयारी छ ।

    यो चलचित्रखअप्रिल र मे को पहिलो सातामा अमेरिकामा करिब ७०० शो र ४० देखि ६० हजार दर्शकलाई सिनेमा देखाउने टार्गेट रहेको डायस्पोरा वितरक सेभेज सिजले जनाएको छ । अमेरिकाका ४० बढि थिएटरमा दैनिक बक्सअफिस र टिकटसहित चलचित्र रिलिज गरिने छ । टिकट अनलाइन मा उपलब्ध हुनेछ ।

    बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा प्रस्तुत गरेको छ । यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । 

    चलचित्रका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ तथा कार्यकारी निर्माता क्रिश लामा हुन् । चलचित्रमा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । च