शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘बोक्सीको घर’ को टेलर सार्वजनिक

एक्सप्रेस पाना
चैत्र २५, २०८० आइतबार
  • 409
    SHARES
  • चलचित्र ‘बोक्सीको घर’ को टेलर सार्वजनिक

    काठमाडौं । आगामी वैशाख १४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली चलचित्र ‘बोक्सीको घर’ को टेलर सार्वजनिक भएको छ ।  

    images

    सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको यो चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’ मा आधारित छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको यो  चलचित्रले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् ।

    महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो  चलचित्र निर्माण भएको हो ।

    images

    केकी अधिकारी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

    चलचित्रमा केकीसहित सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ ।