शुक्रबार, भाद्र २६ गते २०८३
images

‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
चैत्र २९, २०८० बिहीबार
  • 310
    SHARES
  • ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘पुजार सार्की’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।

    images

    यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र राखिएको थियो भने नयाँ पोस्टरमा अञ्जना बराइली तथा परीक्षा लिम्बुलाई पनि राखिएको छ ।

    यो पोस्टरमा चलचित्रका सबै प्रमुख कलाकारहरू आ–आफ्नो चरित्रमा देखिएका छन् । यो चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहेको छ ।

    images

    दर्शकको रोजाइका तीन स्टारहरूको अभिनय रहेको यस चलचित्रलाई लिएर लामो समयदेखि व्यापक चर्चा भइरहेको छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन्। उनले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन् ।

    निर्देशक राउतले यही शुक्रवार चलचित्रको हल तथा डिजिटल रूपमा टीजर सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।

    प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाशलगायतका सफल चलचित्रका निर्देशक राउतले हालसम्म दर्शकलाई निराश बनाएका छैनन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’ मा सहकार्य गरेका थिए ।

    यो चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन् ।  हर्क साउद, बि। पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् ।

    राजेश श्रेष्ठको डिओपी रहेको पुजार सार्कीलाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ गरेका छन् भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ ।

    हिमाल केसीले द्वन्द निर्देशन गर्ने पुजार सार्कीका मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत हुन् । राजेश राज गिरी, तर्क राज न्यौपाने र आयुष दाहाल सहायक निर्देशक रहेका छन्। यसका कला निर्देशक साजन बस्ताकोटी र सदिक्षा महत्रा हुन् भने माधव प्रसाद पाण्डेको मेकअप र प्रिया रोक्काको मेकअप रहेको छ। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दैछ ।