शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘सारंग’ को छायांकन सुरु

एक्सप्रेस पाना
बैशाख ३, २०८१ सोमबार
  • 363
    SHARES
  • चलचित्र ‘सारंग’ को छायांकन सुरु

    काठमाडौं । अभिनेत्री ऋचा शर्माको चलचित्रमा पुनः देखिने भएकी छन् ।

    images

    आइतबारबाट चलचित्र ‘सारंग’ को छायांकन सुरु संगै उनि यस चलचित्रमा जोडिएकी हुन् । 
     
    कोटेश्वरस्थित कान्जिरोवा स्कुलमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दैचलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको सुटिङ सेड्युल एक महिनाको राखिएको छ ।

    प्रशान्त तामाङको निर्देशनमा बन्न लागेको चलचित्रमा ऋचासहित समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, उत्पल झा, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी, बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको मुख्य भूमिका रहनेछ । चलचित्रलाई यस वर्षको बाल दिवसको छेको पारेर प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ ।

    images

    ‘सारंग’ले बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिबबीचको खाडलको कथा भन्ने निर्देशक तामाङले बताए । उनले यसअघि बाल मनोविज्ञानमा आधारित चलचित्र ‘ठूलो मान्छे’ निर्देशन गरेका थिए । दर्शन बुद्ध फिल्म्सको प्रस्तुति रहेको चलचित्रलाई गोपाल रायले छायांकन गर्नेछन् भने मित्र ध्वज गुरुङले सम्पादन गर्ने जिम्मवारी पाएका छन् ।