काठमाडौं । नेपाली नँया चत्रचित्र ‘भाइरल गोर्खे’को एक पोस्टर सार्वजनिक भएको छ ।
मंगलबार एक पोस्टर सार्वजनिक गर्दै यो चलचित्रको घोषणा गरिएको हो ।
पोस्टरमा अभिनेता सौगात मल्ल मात्र चित्रित छन् । उनले दुईवटा राँगोमाथि खुट्टा राखेर बलिष्ठ पाखुरा देखाइरहेका छन् । सौगातले आफ्नो फेसबुक पेजमा पोस्टर सेअर गर्दै ‘हाँस्नलाई तयार हुनुस्’ भनेका छन् । चलचित्रको यही बैशाख ६ गतेबाट छायांकन सुरु हुने निर्देशक निगम श्रेष्ठले बताए ।
चलचित्रमा सौगात र सृष्टि श्रेष्ठका साथै बुद्धि तामाङ र लक्ष्मी गिरीको पनि अभिनय रहने चलचित्रलाई अमर महर्जनले छायांकन गर्नेछन् । चलचित्रको निर्माता विशाल ताम्राकार र महेश लामिछाने हुन् ।
लमजुङ र गोर्खामा छायांकनको तयारी गरिएको चलचित्रले सामाजिक सञ्जालले निम्त्याएको राम्रो र नराम्रो दुवै पक्षलाई देखाउने निर्देशक श्रेष्ठको भनाई छ । उनी निर्देशित पछिल्लो रिलिज फिल्म ‘छड्के २’ हो ।


