शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘ह्रस्व दीर्घमा हरिहर यस्तो लुक्स देखिए

एक्सप्रेस पाना
बैशाख ५, २०८१ बुधबार
  • 273
    SHARES
  • चलचित्र ‘ह्रस्व दीर्घमा हरिहर यस्तो लुक्स देखिए

    काठमाडौं । चलचित्र ‘ह्रस्व दीर्घ निर्माणपक्षले प्रमुख अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक गरेको छ।

    images

    हरिहरको जन्मदिनको अवसर पारेर निर्माणपक्षले पोस्टर लुक्स सार्वजनिक गरेको हो।

    सार्वजनिक पोस्टरमा हरिहरलाई दुई वटा अवतारमा प्रस्तुत गरिएको छ। एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन्।

    images

    यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्बिर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो। प्रेमकथा रहेको यो सिनेमाको तेस्रो चरणको छायांकन बाँकी छ। बाँकी छायांकन मुम्बईमा हुनेछ। सिनेमाका निर्देशक चन्द्र पन्त हुन्। अभिनेता हरिरहर अधिकारीको कथा रहेको सिनेमामा कविरलालको छायांकन छ।

    अभिनेत्री नीता ढुंगानाको निर्माण रहेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ। केही दक्षिण भारतीय कलाकारको अभिनय पनि यो सिनेमामा रहनेछ।

    सिनेमा आगामी असोज ११ गते रिलिज हुनेछ।