शुक्रबार, भाद्र २६ गते २०८३
images

नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’ को आयोजना गर्दै

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 265
    SHARES
  • नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’ को आयोजना गर्दै

    काठमाडौं । नेपाल चलचित्र कलाकार संघले यो वर्ष ‘तेस्रो फान अवार्ड’ को आयोजना गर्ने भएको छ ।

    images

    कलाकार संघले वि.सं २०७२ र २०७४ सालमा अवार्डको आयोजना गरेको थियो । बिचमा कोभिड महामारीका कारण अवार्डलाई निरन्तरता दिन सकेको थिएन । तर, अब निरन्तर रुपमा ‘फान अवार्ड’ आयोजना हुुने संघले बताएको छ ।

    कलाकार संघले वि.सं २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरुलाई यो बर्ष अवार्ड दिन लागिएको हो ।  यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने तयारी समेत संघको छ ।

    images

    संघले यो वर्ष आयोजना हुने भव्य कार्यक्रमले उत्कृष्टताको उत्सव, नेपाली फिल्म, फिल्मीकर्मी, कलाकारहरुको अथक प्रयासलाई उच्च मुल्यांकन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास पनि व्यक्त गरेको छ ।