शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

एक्सप्रेस पाना
बैशाख ६, २०८१ बिहीबार
  • 349
    SHARES
  • चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ ।

    images

    बिहिबार सार्वजनिक भएको ट्रेलर अभिनेता अनमोल केसीमा केन्द्रित छ । 

    चलचित्रको ट्रेलरमा प्रेम, रोमान्स र बदला देखाइएको छ । एक्सन दृश्यसमेत समावेश ट्रेलरमा अनमोल आफूलाई भगवान भएको बताउँदै हिँडेको देखिन्छ । 

    images

    सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा रोहित अधिकारी र ओमप्रकाश अग्रवालको लगानी छ । चलचित्रमा अनमोलसँगै सलोन बस्नेत, जसिता गुरुङ, रवी काफ्ले, सम्वृद्धि अर्याललगायत मुख्य भूमिकामा छन् । 

    चलचित्र जेठ १० गते रिलिज हुनेछ ।