काठमाडौं । गत चैत ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘महाजात्रा’ले चार हप्तामा नेपालभित्र मात्र १६ करोड हाराहारी व्यापार गरेको निर्माण कम्पनीको दाबी छ ।
शुक्रबार सार्वजनिक एक पोस्टरमा चलचित्रको चार हप्ताको कमाई १५ करोड ९० लाख उल्लेख गरिएको छ । र देशबाहिरको अंक १० करोड ७५ लाख छ ।
निर्माण कम्पनीका अनुसार देश र देशबाहिर गरी चलचित्रको व्यापार २६ करोड ६५ लाख पुगेको छ । विदेशको कमाईमा मध्यपूर्वी, अष्ट्रेलिया र अमेरिकाको ठूलो योगदान छ । अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ले अघिल्लो श्रृंखला ‘जात्रै जात्रा’को कमाईलाई समेत उछिनिसकेको छ ।
नेपालमा ‘महाजात्रा’ले अघिल्लो वर्षको सर्वाधिक सफल चलचित्र ‘जारी’को रेकर्ड पछ्याइरहेको छ ।


