काठमाडौं । चलचित्र ‘एक्टर’को शुभ मुहूर्त गरिएको छ ।
बुधबार बिहान ललितपुरको भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा हवन यज्ञ गर्दै चलचित्रको मुहूर्त गरिएको हो ।
चलचित्रको शुभमुहुर्तमा मुख्य कलाकारहरु प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, दिव्यदेव, सुशील सिटौला लगायत उपस्थित थिए ।
अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याले चलचित्र ‘एक्टर’ बाट डेभ्यु गर्दैछिन् । चलचित्रमा उनि अभिनेता प्रदीपको जोडिको रुपमा देखिनेछिन् । बैशाख अन्तिमबाट छायांकन सुरु हुन लागेको चलचित्रमा राजबल्लभ कोइरालाले पनि करिब दश वर्षपछि कमब्याक गर्न लागेका छन् ।
राजन भुसालले चलचित्रको निर्देशन गर्दै छन् भने थमन कुमार भण्डारी चलचित्र का निर्माता हुन् । चलचित्रलाई आगामी तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज गरिँदैछ ।


