शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘बोक्सीको घर’ले आजबाट प्रदर्शनमा

एक्सप्रेस पाना
बैशाख १४, २०८१ शुक्रबार
  • 507
    SHARES
  • चलचित्र ‘बोक्सीको घर’ले आजबाट प्रदर्शनमा

    काठमाडौं । अभिनेत्री केकी अधिकारीको निर्माण तथा अभिनय रहेको नेपाली चलचित्र ‘बोक्सीको घर’ले शुक्रबारबाट प्रदर्शनमा आएको छ ।  

    images

    अन्य चलचित्र नहुँदा मल्टीप्लेक्सहरुमा उच्च शोज पाएको चलचित्रले सुखद ओपनिङको संकेत गरेको छ । 

    ट्रेलर र ‘बुझिनँ मैले’ गीतका कारण चर्चामा रहेको चलचित्रले बुधबार साँझ काठमाडौंमा आयोजना गरिएको प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो । 

    images

    प्रिमियरमा चलचित्र हेर्ने धेरैजसोले आफ्नो सामाजिक सञ्जालमा समेत प्रशंसाको शब्द कोरेका छन् । यसको प्रभाव व्यापारमा देखिन सक्ने प्रक्षेपण गरिएको छ । ‘बुझिनँ मैले’ गीतको लोकप्रियताको फाइदा पनिचलचित्रलाई हुनसक्छ ।

    चलचित्रमा अभिनेत्री केकी अधिकारी र बाल कलाकार सुपला सापकोटा मुख्य भूमिकामा छन् । चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् ।

    केकी र सुपलासहित रमा थपलिया, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय रहेको फिल्ममा बद्री अधिकारी निर्माता तथा राज घिमिरे कार्यकारी निर्मातामा छन् । 

    चलचित्रमा निर्देशक भारती स्वयंको लेखन छ भने उनले केकीको श्रीमानको भूमिकामा समेत अभिनय गरेका छन् । करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित भएर चलचित्र बनेको हो ।

  • सम्बन्धित विषय:

  • # ‘बोक्सीको घर’
  • # केकी अधिकारी