शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक प्रकाश सपुत अनुबन्धित

एक्सप्रेस पाना
बैशाख १४, २०८१ शुक्रबार
  • 482
    SHARES
  • चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक प्रकाश सपुत अनुबन्धित

    काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् ।

    images

    जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको चलचित्रको निर्माण पक्षले सपुतसँग केही दिनअघि कागजी सम्झौता गरेको हो ।

    सेभेन सिज सिनेमाजको प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको लेखन तथा निर्देशन सरोज पौडेले गरेका छन् ।

    images

    निर्माण पक्षले यसअघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएको मोसन पोस्टरले मौलिक कथा र कलात्मक प्रस्तुतिको आभास गराएको छ ।

    चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । प्रशान्त सिवाकोटीको संगीत रहने चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद रहनेछ ।