सोमबार, कार्तिक १७ गते २०८३
images
images

चलचित्र ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

एक्सप्रेस पाना
बैशाख १५, २०८१ शनिबार
  • 246
    SHARES
  • चलचित्र ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक

    काठमाडौँ । जौन योञ्जनको निर्देशनमा रहेको चलचित्र ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।  

    images

    फर्स्ट लुक सार्बजनिक गर्दै चलचित्रको प्रदर्शन मिति आगामी असार १४ गतेलाई घोषणा गरिएको छ ।

    चलचित्र आधुनिक समाजमा तल्लो वर्गले बाँच्नका लागि गर्ने संघर्षमा बनेको बताइएको छ । चलचित्र दुःख र एक्लोपनभित्रको रमाइलो कथा ‘आँखा’ भएको निर्देशक बताउछन् ।

    images

    निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ ।

    कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ ।

  • सम्बन्धित विषय:

  • # आँखा