शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र 'बलिदान' का लागि अडिसन आह्वान

एक्सप्रेस पाना
बैशाख १६, २०८१ आइतबार
  • 273
    SHARES
  • चलचित्र 'बलिदान' का लागि अडिसन आह्वान

    काठमाडौं । नेपाली चलचित्र बलिदान का लागि अडिसन आह्वान गरिएको छ। 

    images

    सन्तोष सेनको निर्देशनमा तयार हुन लागेको चलचित्रका लागि कलाकारहरूको अडिसन आह्वान गरिएको हो। 

    इच्छुक र योग्य व्यक्तिले खुल्ला प्रतिस्पर्धात्मक अडिसनका लागि सम्पर्क गर्न सक्ने बताइएको छ ।  प्रमुख नारी पात्रको भूमिकामा परिवेश सुहाउँदो र एक पुरूष कलाकार आवश्यक परेकोले अडिसनबाट छनोट गर्न लागिएको निर्देशक सेनले बताए। 

    images

    सेनले महिला पात्रको लागि अन्दाजी २१ देखि ३२ वर्ष उमेर समूहकी मधेसी संस्कृति र सौन्दर्य झल्काउन सक्ने लुक्स भएकी, साहस र कुटिलता झल्किने हाउभाउ र चालढाल भएकी तथा एक्सन प्रधान भूमिका निर्वाह गर्न सक्ने कलाकारको खोजी भएको बताए।

    त्यस्तै, पुरूष पात्रको लागि अन्दाजी २८ देखि ५५ वर्ष उमेर समूहको कलाकारको खोजी भएको जनाए। 

    अडिसनमा सहभागी हुन महिला कलाकारसँग मोटरसाइकल हाँक्न सक्ने र मार्सल आर्टको सिप हुनुपर्नेछ भने पुरूष र महिला दुवै कलाकारले नेपाली भाषामा मैथली उच्चारणसहित संवाद बोल्न सक्नुपर्नेछ। पूर्वी नेपालका इटहरी, विराटनगर र जनकपुर क्षेत्रका कलाकारले प्राथमिकता पाउने जनाइएको छ। 

    आवेदन दिने अन्तिम मिति २०८१ वैशाख मसान्तलाई तोकिएको छ। अडिसनमा सहभागी हुन आसुसेन फिल्मसको आधिकारिक इमेल ठेगाना र ह्वाट्सएप मेसेन्जर नम्बर ९८११८४००८२ मा सन्देश मार्फत सम्पर्क गर्न सकिने छ। 

    ‘बलिदान’ को प्रमुख भूमिकाबाट समीर भट्टले डेब्यु गर्दैछन्। चलचित्रमा यसअघि अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा तथा अभिनेत्री ऋचा शर्मा अनुबन्ध भइसकेका छन्।

    आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह–निर्मातामा अभिनेतासमेत रहेका प्रेम पुरी छन्। यसै वर्ष रिलिज हुने चलचित्रको हाल पूर्वी नेपालको इटहरीमा सेट डिजाइनको काम भइरहेको छ। 

    देशको अस्मिता जोगाउन एक युग पुरूष कसरी जन्मिछ भन्ने कथाको वरपर रहेर यो चलचित्र निर्माण हुन लागेको जनाइएको छ।