शनिबार, भाद्र २७ गते २०८३
images

इपिएल : भैरहवाद्वारा विराटनगर वारियर्स ६ विकेटले पराजित

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 274
    SHARES
  • इपिएल : भैरहवाद्वारा विराटनगर वारियर्स ६ विकेटले पराजित

    असोज १३ काठमाडौं । भैरहवा ग्लाडियर्टस्ले एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायलको क्रिकेट मैदानमा भएको प्रतियोगिताको आठौं खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले पराजित गरेको हो ।

    images

    ९० रनको लक्ष्य पाएको भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाउँदै  ९२ रन बनायो । भैरहवाको जितमा उपुल थरङ्गाले सर्वाधिक ३४ रन बनाए । अविजित रहेका थरङ्गाले २७ बलमा ४ चौका प्रहार गरे । यस्तै प्रदीप ऐरीले २२ रन बनाए । ऐरीले २३ बलमा ३ चौका प्रहार गरेका थिए । यस्तै रोहितकुमार पौडेल र तमीम इक्वालले समान १२ रन बनाए । भैरहवाको आशिफ शेष डक आउट भएका थिए । 

    यता, विराटनगरको लागि रामनरेश गिरीले सर्वाधिक २ विकेट लिए । ३ ओभर बलिङ गरेको गिरीले २२ रन खर्चिएका थिए । यस्तै कप्तान करण केसी र बसन्त रेग्मीले समान १ विकेट लिएका थिए । 

    images

    यसअघि टस हारेर ब्याटिङ गर्न आएको विराटनगरले १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ८९ रन मात्र जोड्यो । विराटनगरका  दिलसान मुनविराले सर्वाधिक २५, सुमित महर्जनले १३ ,अनिल शाह र ओपनर आसिफ शेखले समान ११ रन जोडे ।

    भैरहवाका धमिका प्रसाद र आरिफ शेखले समान तीन विकेट लिए ।

    उक्त जितसँगै भैरहवाले २ खेलबाट ३ अंक जोडेको छ । यसअघि भैरहवाले वर्षाका कारण खेल रद्ध हुँदा पोखरासँग अंक बाँडेको थियो । यता, पराजित विराटनगरको भने १ खेलबाट कुनै अंक जोड्न सकेको छैन ।