शुक्रबार, भाद्र २६ गते २०८३
images

पूजाको जन्मदिनको अवसर पारेर तोकियो चलचित्र ‘दान्भी’को नयाँ प्रदर्शन मिति

एक्सप्रेस पाना
बैशाख १७, २०८१ सोमबार
  • 357
    SHARES
  • पूजाको जन्मदिनको अवसर पारेर तोकियो चलचित्र ‘दान्भी’को नयाँ प्रदर्शन मिति

    काठमाडौं । नेपाली चलचित्र ‘दान्भी’को नयाँ प्रदर्शन मिति तोकिएको छ । 

    images

    नायिका पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्रको नयाँ रिलिज मिति तय गरिएको हो । चलचित्र असारको ७ गतेबाट रिलिजमा आउने भएको छ ।

    यो चलचित्रमा नायिका पूजा शर्मा केन्द्रिय भूमिकामा छिन् । उनको साथमा चलचित्रमा नव–नायक कुन्साङ बोमजोमको मुख्य भूमिका छ ।

    images

    देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता पवन राना मगर हुन् । चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रुपमा छन् ।

    चलचित्र ‘दान्भी’को टिजर गतबर्ष नै रिलिज गरिएको थियो । टिजरले दर्शकको उच्च साथ पाएको छ । एक्सनप्रधान यो चलचित्रमा नायिका पूजा शर्माको एक्सन हेर्न पाइनेछ ।