काठमाडौं । बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’को कमेडीयुक्त ट्रेलर सार्वजनिक गरिएको छ ।
आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट २० सेकेण्ड लम्बाईको ट्रेलरले खजुरे पात्र (रेअर राई)लाई पछ्याएको छ । प्रेम जीवन र पैसाले गर्दा उत्पन्न परिस्थितिलाई ट्रेलरले देखाउँछ । खजुरे पात्रको जीवनशैली रोचक देखिन्छ ।
अभिनेत्री नीति शाह खजुरेको प्रेमिकाको भूमिकामा छिन् । ट्रेलरमा उनको ‘स्क्रिन स्पेश’ कम छ । संवाद पनि एउटा मात्र छ । अभिनेता महेश त्रिपाठी भने खजुरेको साथीको भूमिकामा छन् । ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ ।
चलचित्रमा विनिता थापा मगर, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई लगायतको पनि अभिनय छ । नविन मानन्धर तथा निर्देशक सुनुवार निर्माता रहेको फिल्मको सह(निर्मातामा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् । चलचित्रमा शिशिर विशंखेको छायाङ्कन तथा मित्र डि गुरुङको सम्पादन छ । अनमोल गुरुङको संगीत रहेको चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


