काठमाडौं । चर्चित कलाकार सांगे सेल्ट्रिमले नेपाली चलचित्र ‘ऐरी’मा अभिनय गर्ने भएका छन् ।
सांगे र चलचित्र ‘ऐरी’का निर्देशक जीवन थापाबीच बुधबार लिखित सम्झौता भएको बताइएको छ ।
उनले नेपाली सिनेमामा काम गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन् ।
नायक प्रदीप खड्काको मुख्य भूमिका रहने चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । यो चलचित्र नेपाली र हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ । ‘ऐरी’मा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ ।
चलचित्रको छायांकन केही महिनापछि सुरु हुने बताइएको छ ।


