शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘बोक्सीको घर’ दोस्रो सातामा प्रवेश

एक्सप्रेस पाना
बैशाख २१, २०८१ शुक्रबार
  • 397
    SHARES
  • चलचित्र ‘बोक्सीको घर’ दोस्रो सातामा प्रवेश

    काठमाडौं । अभिनेत्री केकी अधिकारी निर्मित चलचित्र ‘बोक्सीको घर’ दोस्रो सातामा प्रवेश गरेको छ । पहिलो हप्ता बक्सअफिसमा आक्रामक व्यापार गरेका चलचित्रले दोस्रो सातामा पनि त्यो रफ्तारलाई कायम राख्ने विश्वास निर्माण टिमले राखेको छ । 

    images

    पहिलो हप्ता ६ करोड बढि ग्रस बक्सअफिस कलेक्सन गरेको चलचित्रले दर्शकबाट उच्च वर्डअफ माउथ पाइरहेको छ । दोस्रो सातामा पनि उच्च शोसहित प्रदर्शनरत छ । सिनेमा पहिलो हप्तामा नै बक्सअफिसमा सुपरहिट भएपछि बिहीबार निर्माण टिमले चलचित्रको दोस्रो भाग पनि निर्माण गर्ने घोषणा गरिसकेको छ ।

    केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । चलचित्रमा निर्माताका रुपमा बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

    images

    चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ ।