शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र 'फर्की फर्की'को नयाँ गीत 'अन्तिम माया' सार्वजनिक

एक्सप्रेस पाना
बैशाख २१, २०८१ शुक्रबार
  • 332
    SHARES
  • चलचित्र 'फर्की फर्की'को नयाँ गीत 'अन्तिम माया' सार्वजनिक

    काठमाडौं । चलचित्र 'फर्की फर्की' को नयाँ गीत सार्वजनिक गरिएको छ। 

    images

    शुक्रबार सार्वजनिक 'अन्तिम माया' बोलको गीतमा नरेन लिम्बुले स्वर दिएका छन् भने गीतको शब्द र संगीत पनि उनी स्वयंमको हो। गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरूङ प्रस्तुत गरिएको छ । 

    'फर्की फर्की' लाई सुयोग गुरूङले लेखन एवं निर्देशन गरेका हुन्। रोहित अधिकारी चलचित्रको प्रस्तुति रहेको फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन्। 

    images

    अनमोल र जसिताका साथमा अभिनेता रवि काफ्ले र अभिनेत्री समृद्धि अर्याल समेत चलचित्रमा शीर्ष भूमिकामा छन्। 

    चलचित्रमा नरेन्द्र मैनालीको डिओपी, अष्ट महर्जनको द्धन्द्ध, किरण थापाको कोरियोग्राफी, सुरेन्द्र पौडेलको सम्पादन छ। बुद्द जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। 

    काफिया फिल्मस र कुबेर फिल्मले फर्की फर्की’ लाई वितरण गर्नेछन्।

  • सम्बन्धित विषय:

  • # फर्की फर्की'