शुक्रबार, भाद्र २६ गते २०८३
images

गायक प्रकाश सपुतले चलचित्र ‘वसन्त’ बनाउँदै

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 335
    SHARES
  • गायक प्रकाश सपुतले चलचित्र ‘वसन्त’ बनाउँदै

    काठमाडौं । चर्चित गायक प्रकाश सपुतले नेपाली चलचित्र  ‘वसन्त’ बनाउने भएका छन् । 

    images

    आइतबार काठमाडौंमा एक कार्यक्रमबीच उक्त घोषणा गरिएको हो । चलचित्रमा प्रकाश सपुत अभिनेताका रुपमा रहने भएका छन् ।  

    यो चलचित्रको कथा, निर्देशन र संगीत प्रकाशकै रहने बताइएको छ । चलचित्रको सुटिङ आगामी भदौदेखि थालिने भएको छ । चलचित्रमा नायिकामा स्वस्तिमा खड्का संगै अनुप बराल, प्रकाश घिमिरे र कमलमणि नेपाल लगायतको अभिनय रहने छ ।

    images

    गलबन्दी प्रोडक्सनको ब्यानरमा बन्ने यस चलचित्रमा कार्यकारी निर्माता मोहन विक, अनुरोध भट्टराई र नेन्सी शेरचन रहेका छन् । यो चलचित्र २०८१ को चैते दशैँमा प्रदर्शनमा ल्याउने बताइएको छ ।