काठमाडौं । चलचित्र ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ सार्वजनिक भएको छ ।
हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर रहेको गीतमा प्रवीण खतिवडा र ‘तान्छो’को भूमिका निर्वाह गरेका बाल कलाकार नेनाहाङ राईको अभिनय छ ।
गीतमा यी दुई पात्रबिचको निकटता देखाइएको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ले रिलिजपछि यो गीत सार्वजनिक गरेको हो ।
उपेन्द्र सुब्बा निर्देशित चलचित्र ‘मनसरा’ मा दयाहाङ राई, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, विप्लव प्रतीक, जीवन बराल, लोकमणी सापकोटा लगायतको पनि अभिनय छ । काँठ क्षेत्रमा बसोबास गर्ने गरिखाने वर्गको संघर्ष र फरक जातीय पृष्ठभूमिका दुई छिमेकीबीचको सम्बन्धको आयामलाई चलचित्रले कथाको मियो बनाएको छ । चलचित्रका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।


