काठमाडौं । नवीन सुब्बाको निर्देशन रहेको चलचित्र ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक गरिएको छ ।
निर्माण पक्षले सोमबार एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो ।
टिजरमा मुख्य भूमिकामा रहेका अभिनेता दयाहाङ राई, अभिनेतृ पशुपति राई र बालकलाकार प्रसन राईलाई विशेष स्थान दिइएको छ । गाउँमा बाटो पुग्नुभन्दा पहिलाको अवस्थालाई टिजरमा देखाइएको छ ।
चलचित्र गाउँमा मोटरबाटो पुगेपछि बाउ–छोराबीच उत्पन्न हुने विवादमा आधारित भएको बताइएको छ । यो चलचित्र भोजपुरको दुर्गम गाउँमा छायांकन गरिएको छ ।
मेन्छ्यायेम पिक्चर्स र बाँसुरी फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस चलचित्रका निर्माता अमोद राई हुन् । सञ्जु राई, नरहाङ राई, भीम राई र देवराज राई भने कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
जेठ २५ गते यस चलचित्रको प्रदर्शन मिति तोकिएको छ ।


