शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘सतीदेवी’ आगामी साउन ४ गतेदेखी प्रदर्शनमा आउने

एक्सप्रेस पाना
बैशाख २५, २०८१ मंगलबार
  • 332
    SHARES
  • चलचित्र ‘सतीदेवी’ आगामी साउन ४ गतेदेखी प्रदर्शनमा आउने

    काठमाडौं । चलचित्र ‘सतीदेवी’ आगामी साउन ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ ।

    images

    चलचित्रका लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले प्रदर्शन मिति बाहिर ल्याएका हुन् । 

    चलचित्रमा मलिका महत, रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी सृजना अधिकारी, मनीषा सापकोटा, सुजिता शिवाकोटी,तुलसी श्रेष्ठ,इश्वरी सिंह,सन्देश लिम्बु,पवन केसी, जगदीश अधिकारी लगायतको अभिनय छ ।

    images

    दिलासा र सारा सुवेदीको प्रस्तुति रहेकोचलचित्रको निर्माताका श्रीदेवी, दिलासा र सारा सुवेदी छन् । दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको चलचित्रमा निर्देशक सुवेदीकै कथा, पटकथा, संवाद छ ।

    बाबु श्रेष्ठले छायाङ्कन गरेको चलचित्रमा दीपक शर्मा र सुवास भुसालको सङ्गीत छ, भने रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौँ र लमजुङ, तनहुँ कास्की र काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन भएको चलचित्रले हालै सम्पन्न नेपाल ग्रामीण चलचित्र महोत्सवमा सर्वोत्कृष्ट पटकथा, सर्वोत्कृष्ट चलचित्र र अभिनेत्रीले जुरी अवार्ड जित्न सफल भएको थियो ।

    चलचित्र वितरण उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यका बाहिर एफडि कम्पनीले गर्नेछ । चलचित्रको डिजिटल अधिकार ओएसआरले खरिद गरेको हो ।