शुक्रबार, भाद्र २६ गते २०८३
images

चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक

एक्सप्रेस पाना
बैशाख ३१, २०८१ सोमबार
  • 354
    SHARES
  • चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक

    काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको चलचित्र ‘घरज्वाइँ’को टिजर सार्वजनिक गरिएको छ ।

    images

    सार्वजनिक टिजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्ष देखाइएको छ । 

    अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको सिनेमाले मगर संस्कार र संस्कृतिलाई केन्द्रमा राखेको छ । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल स्वयंले लेखेका हुन् । 

    images

    असार २८ गतेदेखि प्रदर्शनमा आउने ‘घरज्वाइँ’मा दयाहाङ र मिरुनासँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्गबहादुर पुन, राज थापा, कविता आलेलगायत कलाकारको अभिनय रहेको छ ।