शुक्रबार, भाद्र २६ गते २०८३
images

पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 364
    SHARES
  • पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक

    काठमाडौं । चलचित्र ‘पुजार सार्की’को नयाँ गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।

    images

    गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिमा देखिएका पीडालाई देखाइएको छ भने मैतबहादुरको भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको प्रेम प्राप्तीको सकसलाई पनि स्थान दिइएको छ । गीतका दृश्यबाट अन्तर्रजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक समस्या प्रस्ट पार्न खोजिएको छ ।

    गीतमा बि।पाण्डेले शब्द, केतन क्षेत्रीको स्वर र सुवास भुसालको सङ्गीत छ । ‘जाऊँ माया’ गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात् नौ डाँडा काटेर जान प्रेमीकालाई आग्रह गरेको कुरा जनाउँछ ।

    images

    चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ ।

    चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । सुवास भुसालको निर्माण रहेको फिल्म किङ्गडम नेटवर्कको ब्यानरमा बनेको हो ।

    नेपालमा आरआर फिल्मसले वितरण गर्ने यो चलचित्र अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा भरत रेग्मीको सम्पादन छ ।