काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘फर्की फर्की’ नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकैदिन रिलिज हुने भएको छ ।
निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ १० मा यो चलचित्र देशभित्र र बाहिर एकैसाथ प्रदर्शनमा आउने जनाएको हो।
अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको छ ।
अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले यसलाई रिलिज गर्दैछ । जापान, हङकङ, दक्षिण कोरिया, बेलायत, माल्टा र न्युजिल्याण्डमा पनि चलचित्र हेर्न पाइनेछ ।
सुयोग गुरुङ निर्देशित चलचित्रमा अनमोलसहित जसिता गुरुङ मुख्य भुमिकामा छन् । चलचित्रको ट्रेलरलाई तीन सातामै ३१ लाख पटक हेरिएको छ ।


