शुक्रबार, श्रावण २९ गते २०८३
images
images

संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन :कांग्रेस

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 317
    SHARES
  • संसद् सञ्चालनमा सभामुखको भूमिका तटस्थ भएन :कांग्रेस

    काठमाडौं । प्रतिपक्ष दल कांग्रेसले सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सञ्चालनमा तटस्थ भूमिका निर्वाह नगरेको आरोप लगाएको छ ।

    images

    शुक्रबार संसदीय दलको बैठकले बिहीबार सभामुखले विपक्षीको अवरोधबीच सदन सञ्चालन गर्न खोजेकोमा  कांग्रेसले आपत्ति जनाएको  प्रमुख सचेतक रमेश लेखक बताएका हुन् । उनले बैठकले सरकार र सत्ता पक्षलाई जनहित बिरोधी कार्यमा नलाग्न चेतावनी दिने निर्णय गरेको बताए । 

    उनले भने,  संसदीय इतिहास र परम्परामा विपक्षी दलले सभामा उभिएर बिरोध जनाउादा पनि बैठक अवरुद्ध भएको मानिन्छ । सम्माननीय सभामुखले प्रमुख विपक्षी दल वेलमा नारा लगाउँदा र अन्य सबै विपक्षी दल उभिएर बिरोध जनाउँदा समेत बैठक सञ्चालन गर्ने कार्य उचित नभएको यो बैठक ठहर गर्दछ । संसदीय मान्यतामा सभामुखको भूमिका तटस्थ हुनुपर्दछ । तटस्थताको लागि सभामुखले आफू निर्वाचित भएको दलसँगका सबै सम्बन्ध र पद समेत स्थगित गर्ने परम्परा रही आएको छ । सभामुख सिंगो सदनको सभामुख हुनुपर्दछ । तसर्थ नेपाली कांग्रेस संसदीय दलको यो बैठक सम्माननीय सभामुखलाई सभामा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गरी संसदीय मूल्य, मान्यता, परम्परा र इतिहासलाई कायम राख्न अनुरोध गर्दछ’ ।

    images

    उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीमा वचत गरेको अर्बौं रकम हिनामिना, अपचलन र दुरुपयोगमा संलग्न रहेको पर्याप्त आधारहरु आफूहरुसँग हुँदाहुँदै पनि संसदीय छानबिन समिति बनाउन सरकार तयार नहुनुले झनै बलियो आधार प्राप्त भएको बताए । 

  • सम्बन्धित विषय:

  • # रमेश लेखक