शुक्रबार, श्रावण २९ गते २०८३
images
images

राष्ट्रपति पौडेलद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

एक्सप्रेस पाना
जेठ ४, २०८१ शुक्रबार
  • 282
    SHARES
  • राष्ट्रपति  पौडेलद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्।

    images

    ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा(प्रतिष्ठान काठमाडौँमा आजदेखि सुरू भएको तीनदिने सम्मेलनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका हुन्।
            
    उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल , प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू, वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको छ।

    नेपाल बार एशोसिएशनका अनुसार जेठ ४ देखि ६ गतेसम्म चल्ने सम्मेलनमा देशभरका करिब सात हजार कानुन व्यवसायीको सहभागिता रहने छ।

    images

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति रामचन्द्र पौडेल