काठमाडौं । असारको ७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’ सार्वजनिक भएको छ ।
गीतमा अभिनेत्री पूजा शर्मा र नव–नायक कुन्साङ बोमजोमको अभिनयलाई देखाइएकोे छ ।
गीतमा सुरेश लामा र ममता गुरुङको स्वर, अर्जुन पोखरेलको सङ्गीत, प्रदीप प्रखर पोखरेलको शब्द छ ।
रुपेश तामाङको निर्देशन रहेको चलचित्रमा पवन राना मगर कार्यकारी निर्माताको रूपमा छन् । देव मगर र अनुप गडाल निर्माता रहेको चलचित्रमा कमला लिम्बु, पन्च बहादुर तामाङ र आदर्श पौडेल सह–निर्माताको रूपमा छन् ।
चलचित्रमा सन्जोग कुँवर रानाको पटकथा तथा संवाद, रविना थापा मगरको कथा, हरि प्रसाद घलेको डीओपी, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।


