काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न आईसीसीले अनुमति दिएको छ ।
विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको प्रस्तावलाई आईसीसीले स्वीकृति दिएको हो ।
क्यानले सन्दीपलाई फिटनेस टेस्टपश्चात केही दिनमा अमेरिका पठाउने छ ।
नेपालले टी–२० विश्वकप खेल्ने आफ्नो १५ सदस्यीय टीम पहिल्यै घोषणा गरिसकेको थियो । तर, आउँदो २५ तारिखसम्म टिममा फेरबदल गर्न पाइन्छ । नेपालले अहिले घोषित टिमबाट एक जनालाई हटाउनुपर्ने हुन्छ ।
सन्दीपले प्रतिस्थापन गर्ने खेलाडीलाई अमेरिकाबाट भने नफर्काउने भएको छ । उनलाई क्यानकै खर्चमा रिजर्भ खेलाडीका रूपमा अमेरिका राखिने छ ।
बलात्कार मुद्दामा सन्दीपले सफाई पाएसँगै विश्वकप खेल्ने बाटो खुलेको हो ।



