काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिदै छन् ।
प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
सरकारमा सहभागी जनता समाजवादी पार्टी नेपालले गत वैशाख ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपची प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको हो ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा २ अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।



